बबईमा उद्यमशिलता बिकास सम्बन्धि अभिमुखिकरण

 साउन १०, २०७९

तुलसीपुर । पश्चिम दाङको बबइ गाउपालीकामा उद्यमशीलता बिकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ग्रीन फाउन्डेसन नेपाल बबईका अध्यक्ष टंकराज बिश्वकर्माको अध्यक्षता तथा बबई गाउपालिकाका अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यता एवं ग्रीन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेको बिशिस्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा स्थानीय सामुदायिक बन उपभोक्ता समुहका उपभोक्ताहरु, विभिन्न हरियाली कृषक समुह, पालिकाका बन तथा कृषि उद्यमीहरु लगाएतको सहभागिता रहेको थियो । ग्रीन फाउन्डेसन नेपाल शाखा दाङका अध्यक्ष विष्णु केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा ग्रीन फाउण्डेससनका अध्यक्ष तथा तुलसीपुर उपमहानगरका निवर्तमान प्रमुख घनश्याम पाण्डेले उद्यमशिलता बिकास, लक्ष्मी बैंकका म्यानेजर सरोज चौधरीले बित्तीय साक्षरता र उद्यमशीलता बिकासमा युवाको भुमिकाको बारेमा प्रशिक्षण दिएका थिए ।

तपाईंको प्रतिक्रिया