श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

 साउन ११, २०७९

तुलसीपुर । रुपन्देहीको कञ्चनमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । कञ्चन गाउँपालिका वार्ड नम्बर १ हात्ती बजारकी ३१ वर्षीय सावित्री थापा छेत्रीको हत्या गरेको आशङ्कामा प्रहरीले श्रीमान् यमबहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

सावित्री आज बिहान घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको शरीर र हातमा नीलडाम देखिएको र टाउको चोट समेत रहेकोले हत्या गरेको आशङ्कामा प्रहरीले श्रीमान्लाई नियन्त्रणमा लिएको हो ।

तपाईंको प्रतिक्रिया