सर्पको टाेकाईबाट सल्यानमा एक जनाकाे मृत्यु
सल्यान । सर्पको टाेकाई बाट सल्यानमा एक बालकको मृत्यु भएको छ । मृत्युु हुनेमा बनगाड कुपिन्डे नगरपालिका -९ भँगेरी घर भई हाल शारदा नगरपालिका -६ बरला बस्दै आएका लालबहादुर बस्नेतको १३ वर्षिय छाेरा अर्जुन बस्नेत रहेको जिल्ला अस्पताल सल्यानले जनाएको छ । गएराति आफ्नै घरकाे तल्लो तलाकाे काेठामा परिवार संगै सुतेको अवस्थामा राति करिब १ बजेतिर विषालु सर्पले टाेकेकाे थियो ।
घरमा सामन्य उपचार पछि बिहान करिब ५ बजे सल्यान जिल्ला अस्पतालमा लिएकाेमा उपचारकाे क्रममा करिब ५:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



तपाईंको प्रतिक्रिया