नहरमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु
घोराही । दाङमा नहरमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० चारबगियाँ निवासी बिन्दु पुनको ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर मृत्यु भएको हो ।
बालिकाको शहुक्रबार सवा चार बजेको समयमा आफ्नो घरदेखि पाँचसय मिटर उत्तर तर्फ रहेको नहरमा डुबेर मृत्यु भएको जिल्ल प्रहरी कार्यालय दाङले जनाएको छ ।



तपाईंको प्रतिक्रिया