देउखुरीमा करेन्ट लागेर श्रीमान -श्रीमतीकाे मृत्यु

 साउन १६, २०७९

दाङ । दाङको देउखुरीमा करेन्ट लागेर एक दम्पतीकाे ज्यान गएको छ ।सोमवार बेलुकी देउखुरीको राप्ती गाउँपालिका २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उहाँकी २५ वर्षीया श्रीमती हिमाकाे करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले बिजुलीकाे तार छुँदा करेन्ट लागेको थियो । त्यसपछि करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् वासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर आफ्नै शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया