दलको सदस्यता लिए कारवाही गर्न आयोगको पत्र

 भदौ ०६, २०७९

काठमाडौं । निर्वाचन आयोगले सरकारी कर्मचारी र शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाएर आयोगले सबै मन्त्रालय, प्रदेश, स्थानीय तहलगायतका निकायमा कार्यरत सरकारी कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको भए कारबाही गर्न आग्रह गरेके हो ।

तपाईंको प्रतिक्रिया