चुनावी अभियानका लागि कांग्रेसले खटायो प्रतिनिधि, दाङमा काे आउदैछ ?

 भदौ ०७, २०७९

काठमाडौं । ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको चुनावी अभियानका लागि नेपाली कांग्रेसले जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

७७ जिल्लामा १० भदौदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि खटाएको हो । १० भदौदेखि २४ सम्म सञ्चालन हुने अभियानका लागि डोल्पा र हुम्लाबाहेक अरु जिल्लामा प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ ।

केन्द्रीय प्रतिनिधिमा चयन भएकाहरु धेरैजसो केन्द्रीय सदस्य छन् । केन्द्रीय प्रतिनिधिमा शीर्ष तहका नेताहरुलाई भने समावेश गरिएको छैन । प्रतिनिधिहरुलाई जिल्ला निर्धारण गर्दा सकेसम्म गृह जिल्लाको नजिकको जिल्ला तोकिएको छ । दाङमा डाक्टर गाेपाल दहित खटिदा दिपक गिरि बाके र गेहेन्द्र गिरि बर्दिया खटिएका छन ।

तपाईंको प्रतिक्रिया