दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

 भदौ १५, २०७९

तुलसीपुर । दाङमा तीजकै दिन राती चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले घटनास्थलमा फोन सम्पर्क हुन नसकिरहेको हुँदा विस्तृत विवरण आउन नसकेको बताउनुभयो ।

आज बिहान वडाध्यक्ष दोणर्बहादुर बहकरी क्षेत्रीलाई घटनाबारे जानकारी आएपछि प्रहरी घटनास्थलतर्फ प्रहरी गएको अझै डेढ घण्टा लाग्ने उहाँले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया