पल शाहको मुद्दामाथि तनहुँमा सुनुवाइ

 भदौ १५, २०७९

तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो ।

शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

तपाईंको प्रतिक्रिया