मंसिर ४: को बन्लान् महासचिव पोखरेलका सारथी ?

 भदौ १६, २०७९


दाङ । आउँदो मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा दाङ निर्वाचन क्षेत्रनम्वरर २ बाट एमालेले महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाउँदै छ । पोखरेल प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने पाक्का भएसँगै प्रदेशसभामा उहाँको सारथी को हुने भन्ने चर्चा पनि सुरु भइसकेको छ ।

प्रतिनिधि सभातर्फ पोखरेल उम्मेदवार हुने भएसँगै उक्त क्षेत्रमा अन्य आकाँक्षीहरु देखिएका छैनन् । तर, प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्वर (क) र (ख) मा उम्मेदवार बन्न आकाँक्षीहरु धेरै देखिन्छन् । विशेष त प्रदेशसभा (क) मा भन्दा (ख) मा आकाँक्षीहरु धेरै देखिएका छन् ।

एमालेका एक जिल्ला नेताका अनुसार (क) मा प्रदेश कमिटी सदस्य बलिभद्र राना उम्मेदवार बन्ने निश्चित जस्तै भइसकेको छ । उनीभन्दा बलियो उम्मेदवार निर्वाचन क्षेत्रनम्वर २ (क) बाट अरु हुन नसक्ने ती नेताले बताए ।

उनका अनुुसार जिल्ला तहमा रानालाई नै उम्मेदवार बनाउने लगभग निश्चित भइसकेको छ । निर्वाचन क्षेत्रनम्वर २ ९क० बाट यसअघि २०७४ को निर्वाचनमा महासचिव पोखरेलले निर्वाचन जित्नुभएको थियो । (क) मा बंगलाचुली गाउँपालिकासहित घोराहीको ४, १३, १४, १५, १७, १८ र १९ नम्वर वडा पर्दछन् ।

त्यस्तै निर्वाचन क्षेत्रनम्वर २ (ख) मा भने अहिलेसम्म तीन जनाको नाम चर्चामा छ । प्रदेश कमिटी सदस्य टोपेन्द्र केसी र गिरिराज केसीसँगै एमाले घोराही नगर इन्चार्ज गेहेन्द्र बस्नेतको नाम अहिले चर्चामा छ । उनीहरुमध्ये कसले टिकट पाउने हुन् ? भन्ने नेताहरुको आ–आफ्नै विश्लेषण छ । तर, वडा तहमा अबको निर्वाचनमा युवाहरुलाई उम्मेदवार बनाउनुपर्ने माग आइरहेको एमालेका एक जिल्ला नेताले बताए ।

उनले पनि गेहेन्द्र उम्मेदवार भए हुनुभयो भने निर्वाचन जित्न सहज हुने बताए । किनभने युवा नेतासँगै गेहेन्द्र बस्नेत मिलनसार नेताका रुपमा रहेको उनको विश्लेषण छ । बस्नेत उम्मेदवार भएमा स्वतन्त्र मतदाताहरुलाई तान्न सक्ने ती नेताले बताए ।

तपाईंको प्रतिक्रिया