नेपालगञ्जमा पनि देखियो डेङ्गु सङ्क्रमण

 भदौ २०, २०७९

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेङ्गुको सङ्क्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेङ्गु देखिएको उपमहानगरपालिकाले जनाएको छ ।

स्थानीयवासीमा डेङ्गु देखिएपछि अन्य व्यक्तिमा सर्न नदिनका लागि डेङ्गु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया