पर्यटन दिवश मनाईयो

 असोज ११, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरले आज ४३औं विश्व पर्यटन दिवश राप्ती शान्ती उद्यानमा कार्यक्रम गरि मनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा ‘पर्यटन बारे पुनर्विचार’ सबैका लागि पर्यटन, पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्राबधान’ भन्ने नाराका साथ दिवश मनाईएको हो ।

नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतीथी नेपाल संस्कृत विश्व विद्यालयका माधब अधिकारीले तुलसीपुर उपमहानगरपालीकालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके नागरीकहरु आर्थीक रुपले सम्पन्न हुने बताए । त्यस अबसरमा प्राध्यापक डाक्टर गोबिन्द आचार्यले पर्यटकीय क्षेत्रलाई संरक्षण गरेर आफ्नो ठाउँलाई नमुना बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले तुलसीपुरका बिभिन्न ठाउँहरु पर्यटकीय हिसाबले अत्यन्तै राम्रो भएकाले यिनको संरक्षण, प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जीसी, सस्कृतविद एंव नगर स्तरीय पर्यटन तथा सस्ंकृती प्रवद्धन समितीका सल्लाहकार हिमलाल पन्थी, नगर क्षेत्र अन्र्तगत पर्यटन विज्ञता शोभाकर सापकोटा, तुलसीपुर उद्योग बाणिज्य संघका राम प्रशाद चालीसे लगाएतले बोलेका थिए ।

त्यस अबसरमा गणेशपुर होमस्टे समुह प्रथम, हाम्रो पहुच सेकेण्डरी स्कुल द्धितीय र एकता युवा क्लवको सख्या नाच तृतीय भएका थिए । प्रथम हुनेलाई सम्मान स्वरुप प्रमाण पत्र सहित १० हजार , द्धितीय हुनेलाई ७ हजार र प्रमाण पत्र र तृतीय हुनेलाई ५ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपमहानगरका झरेन्द्र खरेल र नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले गर्नु भएको हो ।

तपाईंको प्रतिक्रिया