सल्यान कालिमाटीमा उद्यमशिलता बिकास तालिम

 असोज १३, २०७९

तुलसीपुर ।
सल्यान कालिमाटीमा तीन दिने उद्यमशिलता बिकास तालिम समापन भएको छ । ग्रीन फाउन्डेसन नेपाल (GFN) र कालिमाटी गाउँपालिकाको संयुक्त आयोजनामा उद्यमशिलता बिकास तालिम ११ गतेदेखि  शुरु भएको थियोे  । तालिममा कालिमाटी गाउँपालिकाका विभिन्न वडाहरुबाट २२ जनाको सहभागिता रहेको थियोे  । तालिमको प्रशिक्षकमा प्रशिक्षक बिस्नु बहादुर केसि, खुम प्रसाद भण्डारी,  दिपक परियार र  सिएम बिक रहेका थिए ।

ग्रिण फाउन्डेसन नेपाल दाङ शाखाका अध्यक्ष बिष्णु बहादुर केसीकाे अध्यक्षतामा   तालिमको समापन भएको हाे ।  समापन अवसरमा स्थानीय सामुदायिक वन उपभोक्ता समितिका सचिव शशिराम वलि लगायतकाले बाेलेका थिए ।

तपाईंको प्रतिक्रिया