मितेरी सहकारी संस्थाकाे १४औ साधारण सभा १५ गते हुदै

 असोज १३, २०७९

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाकाे  १४औ वार्षिक साधारण सभा असोज १५ गते  हुन थालेको छ । अमर मावि उरहरीको प्राङ्गणमा संस्थाकाे  १४औ वार्षिक साधारण सभा आउदाे शनिवार हुन थालेको हाे । अमर मावि उरहरीको प्राङ्गणमा बिहान  १० बजे देखि सभा हुने छ ।  सभाले नयाँ सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण परिचालन उप-समिति लगायत अन्य उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु चयन गर्ने अध्यक्ष वलदेव आचार्यले जानकारी दिए ।

सभामा उपस्थितिकाे लागि  सम्पूर्ण शेयर सदस्यहरु लाई पत्र पठाउने देखि लिएर अन्य तयारी सकिएकाे अध्यक्ष आचार्यले बताए ।

हाल संस्थाकाे कुल पुजि करिव पाैने पाँच करोड रहेकोमा चार करोड बढि लगानी गरेको संस्थाका प्रबन्धक सुरेन्द्र बुढाथोकीले जानकारी दिए । हाल तुलसीपुरका ११,१२ र १३ नम्बर वडा कार्यक्षेत्रका  ४ सय शेयर सदस्यहरु रहेको बुढाथोकीले बताए  ।

तपाईंको प्रतिक्रिया