मितेरी सहकारी संस्थाको १४औं साधारण सभा

 असोज १५, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वलदेव आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले सहकारीका माध्यमबाट नै आर्थिक समृद्धि हुने भएकोले सहकारीमा जोडिन आवस्यक रहेको बताएकाथिए । उनले बचत गर्ने बानीले नै घरको समस्या टार्न सकिने भएको हुदा हरेक सहकारीका माध्यमबाट आयमुलक काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि सहकारी संघ लुम्बिनी प्रदेशका सचिव रुप बहादुर खत्रिले सहकारीले अव उत्पादनमुलक क्षेत्रमा लगानि बढाउनुपर्ने बताएका थिए । अर्का विशिष्ठ अतिथि वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतले सहकारीले बचत तथा ऋण लगानी गर्ने मात्रै नभएर हरेक सदस्यहरुलाई ब्यवसायीमुखी बनाउन प्रेरीत गर्नुपर्ने बताएका थिए । यसका साथै सामाजिक काममा समेत लाग्नुपर्ने सुझाव दिएका थिए ।

सभामा कोषाध्यक्ष हेम बहादुर वलीले गत आवमा भएको ४ करोड ७५ लाख ९५ हजार ५ सय ५५ रुपैया बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै ५४ लाख बढि आम्दानी गरेको बताएका थिए । त्यस्तै सचिव हरी प्रसाद वलीले प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष गोमाबालान क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको सभामा संस्थागत विकास गरेको भन्दै सुर्य बहादुर डँंगी र सन्तोष केसी,असल ऋणिबाट नुम बहादुर बस्नेत,असल बचतकर्ताबाट डिला कुमारी डँंगी, बाल बचतबाट श्रीयम देवकोटा र काब्या पौडेल, आराध्या पौडेललाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

यस्तै जेष्ठ शेयर सदस्यहरु तर्फ टेक बहादुर केसी,डिलादेवि केसी,गोविन्द देवकोटा,डपेन्द्र बहादुर वली,चित्र बहादुर बस्नेत र हिमलाल गोराथोकीलाई पोषणयुक्त सामग्रि प्रदान गरिएको थियो । सभामा शेयर सदस्य तथा एमालेका जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत,राष्टिय सहकारी बैंकका मनोज रिजाल लगायतले बोलेको सभाको सहजिकरण सचिव हरी प्रसाद वलीले गरेका थिए । सहकारी संस्थामा झण्डै ४ सय शेयर सदस्य रहेका छन ।

तपाईंको प्रतिक्रिया