मितेरी सहकारी संस्थाको अध्यक्षमा द्रोण बस्नेत

 असोज १५, २०७९


तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । सभाको बन्द सत्रले द्रोण बहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । सर्वसम्मत रुपमा चयन गरिएको समितिको उपाध्यक्षमा सेतु जैसी,सचिवमा कुल बहादुर बस्नेत, कोषाध्यक्षमा विशाल पोख्रेल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा भावना केसी,शान्ती परियार,ज्ञानेन्द्रा आचार्य,दामोदर बस्नेत,बालाराम घर्ति मगर, तारा प्रसाद डँगी र दिनेश खत्रि रहेका छन ।

यस्तै, हेम बहादुरवलीको संयोजकत्वमालेखा सुपरीबेक्षण समिती,दामोदर बस्नेतको संयोजकत्वमा ऋण परीचालन उपसमिति र अमर बहादुर बिसीको संयोजकत्वमा शिक्षा तथा स्वास्थ्य उपसमिति चयन गरिएको संस्थाका प्रबन्धक सुरेन्द्र बुढाथोकीले जानकारी दिएका छन । यसैविच निवर्तमान अध्यक्ष बलदेव आचार्यले नवनिर्वाचित अध्यक्ष बस्नेतलाई माईन्यट हस्तान्तरण गरेका छन ।

तपाईंको प्रतिक्रिया