थारु समुदायको पहिचान जोगाउँन आवश्यक:  पाण्डे

 असोज १५, २०७९

तुलसीपुर ।
ग्रीन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले थारु लोक परम्परा  नेपालीहरुको गौरव र पहिचान भएको बताउँनुभएको छ । ग्रीन फाउण्डेसन नेपालले तुलसीपुर ८ वटोलपुरमा आज शनीवार आयोजना गरेको प्रकृती,सस्कृती र समृद्धि सम्वन्धि अन्र्तक्रिया तथा दशैँ मिलन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाले यस्तो बताउनुभएको हाे । कार्यक्रमकाे प्रमुख अतीथी समेत रहनुभएका पाण्डेले थारु सस्कृतीलाई लोप हुन नदिई यसलाई विकास गरी प्रकृती, सस्कृती र समृद्धिलाई संगसंगै लगी थारु समुदायको पहिचानलाई जोगाउँन आवश्यक रहेको बताउँनुभयो ।  थारु समुदायहरु उद्ममी बन्नका लागि परम्परागत सिपलाई बाहिर ल्याउँनुपर्ने भन्दै यसका लागि आफनो तर्फबाट सधैँ साथ र सहयोग रहने उहाले  बताउँनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका उपप्रमुख स्यानी चौधरीले थारु समुदायहरु अनपढका कारण पछाडी परेको भन्दै अवका छोराछोरीलाई हरेक कार्यमा अग्रसर गराउँन शिक्षा दिनुपर्ने बताउँनुभयो । पुर्खाहरु नपढेकै कारण हरेक अवसर बाट पछि परेको भन्दै छोराछोरीलाई भेदभाव रहित शिक्षा दिन आग्रह गर्नुभयो । कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य  कोमल वली र लुम्बिनी प्रदेश सभा सदस्य धमकली चौधरीले थारु समुदायको प्राविधिक, सांस्कृतीक चिजहरुलाई अन्र्तराष्टियरण गर्न आवश्यक रहेको बताउँनुभयो ।

ग्रीन फाउण्डेसन नेपालका सचिव शुरेस रावतको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागिराम चौधरी, गैर सरकारी सस्था महासंघ दाङका अध्यक्ष भागिराम चौधरी, सुकदेवाका मटावा जगत चौधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे ।  कार्यक्रममा थारु लोक संस्कृती झल्कने थारु नाच प्रस्तुत गरिएको थियो । जसमा दंगीशरण गाउँपालिका वडा न.३ को सख्या पैँया नाच, तुलसीपुर ११ सुकौराको दंगीशरण महिला समुहको हुर्डुंग्या नाच, खलुवाचिस, तुलसीपुर १५ पहरुवा, दंगीशरण ५ लौवस्ता, तुलसीपुर ८ वटोलपुरको मघौटा नाच, तुलसीपुर ११ कटाहाँको मोती महिला समूहको छोक्रा नाच, तुलसीपुर १० बनगैँको ललीता महिला समुहको महोट्या नाच, तुलसीपुर १२ क्वांगीको छोक्रा नाच प्रश्तुत गरीएको थियो । सहभागि टिमलाई पुरस्कार स्वरुप ५/५ हजार रकम प्रदान गरिएको थियो ।

साथै कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका, दंगीशरण, बबई, शान्तीनगर गाउँपालिकाका मटावा, अगुवाहरुलाई सम्मान गरिएको थियो । तुलसीपुर उपमहानगरपालीका वडा न. ८ का वडा अध्यक्ष धर्मराज वलीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेसन नेपालका कोषाध्यक्ष खुम प्रशाद भण्डारी र नेपाल पत्रकार महासंघ दाङका सह – सचिव दिप्तीशिखा चौधरीले गरेका थिए भने सुर्यौदय ढकिया समुहकी अध्यक्ष शर्मा चौधरीले धन्यवाद ज्ञापन गरेकि थिईन् ।  कार्यक्रम तुलसीपुर उपमहानगरपालीका वडा न. ८ , पारीवारीक निजी वन संघ नेपाल र वटोलपुर होमस्टे को ब्यवस्थानमा कार्यक्रम भएको हो ।

तपाईंको प्रतिक्रिया