चीनमा कोभिडको नयाँ लहर

 पुष ०४, २०७९

कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन् । भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो । हिउँद यामको सुरुसँगै कोभिड १९ को तेस्रो लहर सुरु भएको चीनका प्रमुख इपिडेमिलोजिस्ट उ जुन्युउले बताएका छन् । अर्काे महिना सुरु हुने चिनियाँ नयाँ वर्षमा छुट्टी मनाउन ठुलो संख्यामा मानिस घर फर्कंदा संक्रमण झन् थपिने उनको भनाइ छ ।

सर्वसाधारणको ठुलो विरोधपछि चीनले दुई साताअघि शून्य कोभिड १९ नीति परित्याग गरेको थियो । योसँगै ठुलो स्तरमा गरिने भाइरस परीक्षण पनि बन्द भएको छ । चीनमा गत शनिबार थप २ हजार ९७ जनामा लक्षणसहितको कोभिड १९ संक्रमण देखिएको थियो । ओमिक्रोन भाइरसको संक्रामक भेरियन्टका कारण राजधानी बेइजिङका क्याटरिङ र पार्सल डेलिभरी सेवा अवरुद्ध भइसकेको छ । यसैगरी दाहसंस्कार गृहमा पनि चाप बढ्दो छ । बेइजिङको बाबाओसान भन्ने समाधि गृहमा आइतबार एकै मिनेटमा कैयन् शव वाहन प्रवेश गरेको देखिएको थियो भने समाधिस्थलको पार्किङ स्थल पनि पुरै भरिभराउ थियो ।

तपाईंको प्रतिक्रिया