१९ बर्षिय खनालले गरे ६ महिनामा तेस्रो पटक रक्तदान
तुलसीपुर । प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सव २०७९ को समापन कार्यक्रममा युथ्स अफ तुलसीपुर ले रक्तदान कार्यक्रम गरेको छ । त्यस कार्यक्रमका बीच अनेरास्ववियु तुलसीपुर नगर कमिटी अध्यक्ष समेत रहेका अकिंत खनालले १९ बर्षको उमेरमा तेस्रो पटक रक्तदान गरेका छन् । उनले ६ महिनाको अवधिमा तिन पटक रक्तदान गरेका हुन ।
यस अघि उनले आफ्नो जन्मदिनको अवसरमा असोज १४ गते रक्तदान गरेका थिए, भने असार ४ गतेका दिन युवा संघले आयोजना गरेको कार्यक्रममा पहिलो पटक रक्तदान गरेका थिए । उनि सहित आज झण्डै ३० जनाले रक्तदान गरेका थिए ।




तपाईंको प्रतिक्रिया