प्लास्टिकका भाडा विस्थापित गर्न दुना टपरी उत्पादन

 पुष १६, २०७९

तुलसीपुर । सल्यानको कालिमाटि गाउँपालिकामा दुना टपरी बनाउने तालिम आज एक कार्यक्रमका बीच समापन  गरिएको  छ । ग्रीन फाउन्डेसन नेपालको आयोजना तथा  कालिमाटी गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा महिला र पुरुष गरी १३ जना सहभागी भएका थिए ।

स्थानिय वन महासंघका सचिव शसिराम वलीको अध्यक्षता   तथा कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर खत्रीकाे प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हाे  ।  उनले  यस सिपलाइ प्रयोग गरेर आर्थिक रुपमा मजबुत  बन्नका लागि आग्रह समेत गरेका थिए  । दुना टपरी बनाउन चाहिने  सामान उपलब्ध गराउनुका साथै बजार सम्म लैजान गाउपालिकाले सहयोग गर्ने खत्रीले बताए  ।

कार्यक्रममा बोल्दै ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका सचिव सुरेश रावतले दुना टपरी उत्पादन गरे बजारसम्म बिक्री बितरण गर्न सहयोग गर्ने बताए  ।  बजारमा पाइने प्लास्टिक तथा फाइबरका दुना टपरीलाइ बिस्थापित गरि गाउघरमै पाइने सालको पातको दुना टपरी बनाएर आत्मनिर्भर हुन सबैलाई रावतले आग्रह समेत गरे ।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका कार्यक्रम संयोजक दिपक परियारकाे स्वागत मन्तव्य बाट सुरु भएको   कार्यक्रमको सञ्चालन  गणेश भण्डारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया