जन्मदिनको अवसरमा स्वास्थ्य जाँच

 पुष २२, २०७९

तुलसीपुर । दाङको तुलसीपुर स्थित एक स्वास्थ्यकर्मीले जन्दमदिनको अवसरमा स्वास्थ्य जाँच गरेका छन् । सिद्ध ग्लोबल मेडिकल हलका सञ्चालक रमेश केसीले स्वास्थ्य जाँच गरेका छन् । ५० बर्ष माथिका नागरिकको निःशुल्क मधुमेह,रक्तचापलगायतका जाँच गरेका हुन् ।

जन्मदिनमा अनाबश्यक फजुल खर्च गर्नु भन्दा सामाजिक कार्य गर्नुपर्ने भन्दै आफूले यो कार्य गरेको उनले बताए । उनले सबैले जन्मदिनमा यसरी नै सिर्जनात्मक कार्य गर्नुपर्ने बताए । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने समेत उनको भनाई छ । त्यस अवसरमा ६० जनाको स्वास्थ्य जाँच गरिएको थियो ।

तपाईंको प्रतिक्रिया