उरहरी स्वास्थ्य चाैकिद्वारा वस्तुस्थिति विश्लेषण प्रतिवेदन सार्वजनिक

 पुष २७, २०७९

उत्कृष्ट कर्मचारी र महिला स्वयंसेविका सम्मानित

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित उरहरी स्वास्थ्य चाैकि बेलटाकुराले वडाभित्र रहेर उत्कृष्ट काम गर्ने महिला स्वंयम सेविकाहरुलाई सम्मान गरेको छ । वडाभित्र रहेर निरन्तर रुपमा खट्दै आएका  महिला स्वयम सेविकालाई सम्मान गरेको हो । वडाले उरहरी स्वास्थ्य चौकीमा आयोजना गरेको वडा स्वास्थ्य वस्तुस्थिति विश्लेषण प्रतिवेदनको सार्वजनिक कार्यक्रममा सम्मान गरिएको हो ।

नगरप्रमुख टीकाराम खड्काले महिला स्वयम सेविकाहरु  सरस्वती भुसाल भण्डारी,तेजकुमारी मल्ल,मीना बस्नेतलाई सम्मान गर्नुभएको हो । त्यस्तै ६० वर्ष उमेर पूरा गर्नुभएकी महिला स्वयम सेविका गौरी नेपालीलाई बिदाइ गरिएको थियो । सोही अवसरमा सुत्केरीहरुका लागि आवश्यक पर्ने सामग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा स्वास्थ्य संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने सिनियर अहेव खड्ग बस्नेतलाई पनि सम्मान गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यता तथा उपप्रमुख स्यानि चाैधरीकाे विशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले वस्तुस्थितिमा वडाको समग्र स्वास्थ्य अवस्थाका बारेमा विस्तृत विवरण आएकाले अब वडाको स्वास्थ्य अवस्थालाई थप सुधार्न सहयोग हुने बताउनुभयो । उहाँले महिला स्वयम सेविकाहरुको स्वास्थ्यले साथ दिदासम्म सेवा गर्ने संघीय सरकारले नीति ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरका प्रवक्ता माधव वली, सुशासन समितिका संयोजक धर्मराज वली, पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर विश्वकर्मा, एम्बुलेन्स सञ्चालन समितिका सदस्य नेत्रमणि लामिछाने लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

कार्यक्रमको उद्देश्य र प्रकाशनका बारेमा इन्चार्ज चित्र बहादुर ओलीले प्रस्ट पार्नुभएको थियाे । वडा सदस्य प्रभा परियारको स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रमको सहजीकरण खड्ग बहादुर बस्नेत र सेर बहादुर बिसीले गर्नु भएको हो ।

तपाईंको प्रतिक्रिया