नगर स्वास्थ्य केन्द्रलाई सुविधायुक्त बनाईने: नगर प्रमुख

 माघ ०६, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाउँमा रानागाउ नगरस्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले केन्द्रको उद्घाटन गर्नुभएको हो । चार कोठे स्वास्थ्य केन्द्रको शुक्रबार एक कार्यक्रम आयोजना गरेर उद्घाटन गरिएको हो । नगर केन्द्रलाई तत्काल पाच शैयाका रुपमा सञ्चालन गरिने नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो । वडावासीलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिने खड्काले बताउनुभयो । उहाले स्वास्थ्य सेवालाई बिस्तार गर्दै १५ शैयासम्म पु¥याइने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले स्वास्थ्य केन्द्रको भौतिक व्यवस्थापन,तारबारका लागि तत्काल प्रक्रिया अघि बढाइने बताउनुभयो । वडाध्यक्ष वीरबहादुर विश्वकर्माको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । चार कोठे भवन निर्माणका लागि स्थानीय महानन्द घिमिरेले १५ धुर र भुपबहादुर वलीले १५ धुर जग्गा उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा जग्गादाता भुपबहादुर वली र महानन्द घिमिरेका धर्मपत्नी बालकुमारी घिमिरे, त्यस्तै वडा कार्यालयलाई एक कठ्ठा जग्गा उपलब्ध गराउने श्यामराज महतरा नगरप्रमुख टीकाराम खड्काले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सुशासन समितिका संयोजक धर्मराज वली, तुलसीपुर उपमहानगरपालिका स्वास्थ जनप्रर्धन शाखाका प्रमुख ओमप्रसाद न्यौपाने, कृष्णी गौतम, राजेन्द्र गुरुङ , कर्ण बुढालगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य सेवा पुगाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने महिला स्वयम सेविकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रका इन्चार्ज जीवन खड्काले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया