पश्चिम दाङमा नि:शुल्क स्वास्थ्य शिविर हुदै

 माघ ११, २०७९

तुफानबाबु श्रेष्ठ, दाङ । सामाजिक काममा निरन्तर सक्रियता जनाउँदै आएका रोटरी क्लव अफ तुलसीपुर सिटी, रोट्रयाक्ट क्लब अफ तुलसीपुर र आर.सि.सि. भिलेज काशिपुरले संयुक्त रुपमा पश्चिम दाङमा निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएका छन् ।
माघ १४ गते शनिवार शान्तिनगर गाउँपालिका वडा नम्वर २ सिमसुन्दरपुरमा रहेको वडा भवनमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिने रोटरी क्लव अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तथा स्वास्थ्य शिविर संयोजक विजय केसीले वताउनु भयो ।

उहाँले निम्न वर्गका जनतालाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिने समेत जानकारी दिनुभयो । शिविरमा वालरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परिक्षण गरिने छ । “ग्रामिण भेगमा रहेका नागरिकहरुले बिभिन्न कारणले रोग लुकाएर राख्ने बानि परेको हुदा हामीले ग्रामिण भेगलाई प्राथमिकतामा राखेका हौ रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसीले भन्नु भयो ।

शिविरमा विरामीको स्वास्थ्य परिक्षणसंगै उनीहरुलाई नि:शुल्क औषधि समेत वितरण गरिने अध्यक्ष केसिले जानकारी दिनुभयो ।”
शिविर विहान १० बजे जेदेखि ३ वजेसम्म सन्चालन हुनेछ । साथै शिबिरमा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटल प्रा.लि., चिनारी हस्पिटल प्रा.लि. र बि.आर. डेन्टल हस्पिटल प्रा.लि.को रहेको छ ।

तपाईंको प्रतिक्रिया