हिरा डाँगी स्मृति कपकाे ज्ञानज्याेतिलाई

 फागुन ०८, २०७९

तुलसीपुर ।  ज्ञानज्योती ईनोभेटिभ तुलसीपुरले दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ । फाईनलमा टरिगाउ युवा कल्वलाई पेनाल्टी सुटआउटमा ४-१ गाेल अन्तरले   हराउँदै    ज्ञानज्योतीले उपाधि     जितेको हाे । प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पारेकाे छ । त्यस्तै उपविजेता टरिगाउ युवा क्लवले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पारेकाे छ  ।

निर्धारित खेलमा १-१ गाेलकाे बराबरी भएपछि पेनाल्टी भएको थियोे ।  हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित  प्रतियोगितामा सुरुवाति चरणमा टरिगाउ युवा क्लबले  १-० काे  अग्रता बनाएको थियोे ।

दाेस्राे हाफमा  ज्ञानज्याेतिले १ गाेल फर्काउन सफल हुदा खेल बराबरकाे स्थितिमा गएकाे हाे ।  उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा  दाेस्राे हाफमा ज्ञानज्याेतिले दबावमा राखेर थियोे ।

 

तपाईंको प्रतिक्रिया