सन्दीप युएई जाने नेपाली टोलीमा परेनन्

 फागुन ११, २०७९

काठमाडौं  । नेपाली क्रिकेटर सन्दीप लामिछाने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न युएई जाने टोलीमा परेका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्य टोली घोषणा गर्दा सन्दीप नेपालको टोलीमा छैनन् । नेपाली टोलीमा मौसम(श्याम) ढकाल र प्रतिश जि.सी पहिलो पटक टोलीमा परेका छन् ।

बलात्कार आरोप लागेका स्पिनर सन्दीप लामिछाने भने विदेश जान नपाउने भएका छन् । त्यसैले उनी टोलीमा छैनन् ।मंगलबार सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए ।

तपाईंको प्रतिक्रिया