तुलसीपुर – १६ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुदै

 फागुन १५, २०७९

दाङ । तुलसीपुर १६ मा वडा अध्यक्षकप फुटबल प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को आयोजनामा आउदो फागुन १९ गतेदेखि वडा अध्यक्ष कप फुटबल प्रतियोगीता हुने भएको हो ।

प्रतियोगीता सञ्चालन गर्नका लागि वडा कार्यालयले वडाभित्रका टिमलाई दर्ताका लागि आह्वान समेत गरेको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै भोलीदेखि टिमदर्ताका लागि आह्वान गरेको हो । वडा सचिव मित्रलाल बिकले भोलिदेखि आगामी १८ गते कार्यालय १२ बजे समयसम्म टिम दर्ता गर्नका लागि आह्वान गरेको छ ।

टिम दर्ता गर्न आउँदा वडाले खेलाडीको नामसहित टोल विकास संस्थाको सिफारिस अनिवार्य गरेको छ । टिम दर्ता निःशुल्क रहनुको साथै खेलाडी १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।

टिम दर्ता गर्दा खेलाडीको जन्म दर्ता अनिवार्य पेश गर्न भनिएको छ । खेल अवधिभर खेलाडीलाई आवश्यक पर्ने सामग्री खेलाडी आफैले ब्यवस्थापन गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया