एमालेकाे ग्रासरुट अभियान: जनताले आवश्यकता सुनाउदै

 फागुन २२, २०७९

तुलसीपुर । नेकपा एमालेले सुरु गरेको संगठन सुदृढीकरण र नयाँ पुस्ता जोड्ने ग्रासरुट अभियानका क्रममा सम्मानदेखि जनताका आधारभूत आवश्यकताको विषयलाई समेत पहिचान गर्न थालिएको छ । अभियानका क्रममा पार्टीमा लामो समयसम्म योगदान पु¥याएका कार्यकता,शहिद,बेपत्ता परिवारलाई सम्मान गर्ने योजना बनाइएको छ ।

अभियानलाई जेष्ठना गरिकसम्म जोड्नुका साथै जनताका आधारभूत आवश्यकताको पहिचान गर्दै ती आवश्यकता पूरा गर्नका लागि योजना बनाइने एमाले दाङका पूर्व अध्यक्ष एवम् लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य टीकाराम खड्काले बताउनुभयो ।

उहाँले यस अभियानबाट पार्टीलाई जीवन्तता दिन र जनसंगठनका अभियानलाई सामाजिक निर्माणका कार्यसंग समेत जोडेर जान सकिने बताउनुभयो । उहाँले यस अभियानबाट पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताबीच पारस्परिक सहयोग आदानप्रदानमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

एमाले दाङका सचिव मनोहर बुढाथोकीले समाजमा रहेका महत्वपूर्ण तह र तप्कामा रहेका गाउँ समाजको विकासका लागि उहाँहरुबाट योजना निर्माणका विषयमा सुझाव सल्लाह लिनका लागि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले दश वटा स्थानीय तहका सय वटै वडाहरुमा मिसन ग्रासरुट अभियानलाई पार्टी निर्माणमा जुट्नका लागि कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

नेकपा एमाले दाङका सचिवालय सदस्य रामप्रसाद चालिसेले अभियानबाट पार्टी संगठनलाई सुदृढ बनाउँदै नागरिकलाई राज्यको पहुँचसम्म पुगाउनका लागि महत्वपूर्ण भूमिका रहने बताउनुभयो । अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर ६मा कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटीका अध्यक्ष मोहन खड्काको अध्यक्षता एवम नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य टीकाराम खड्काको प्रमुख आतिथ्यता एवम जिल्ला सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला सदस्य विष्णु कालाथोकी, नगर कमिटी अध्यक्ष भुवन चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया