यस्ता छन् काजु खाँदा हुने फाइदा

 चैत ११, २०७९

काठमाडौं ।  ‘ड्राइ फ्रुट्स’मध्ये काजु निकै स्वादिलो खानेकुरा हो। काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ । यसलाई ड्राइ फ्रुट्स’को राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो। काजु खाँदा हुने फाइदा अनेकौँ छन्।

यस्ता छन् काजुका फाइदा–

काजु खाँदा हड्डी बलियो हुन्छ। काजुमा क्याल्सियम र म्याग्नेसियम पाइन्छ जुन हड्डीका लागि फाइदाजनक हुन्छ । काजु खाँदा शरीरमा ग्लुकोजको मात्रा नियन्त्रणमा रहन्छ। त्यसैले काजु मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

जो मानिसले दैनिक सीमित मात्रामा काजु खान्छ, उनीहरुको पाचन क्रिया राम्रो हुन्छ। काजु खाँदा फाइबर हुन्छ, जसले ग्यास र कब्जियतको समस्या पनि हटाउँछ ।

दैनिक ३-४ वटा काजु खाँदा तौल नियन्त्रणमा पनि मद्दत पुग्छ। काजु खाँदा मोटोपना कम हुन्छ । यसमा राम्रो फ्याट र कार्बोहाइड्रेट हुन्छ जसले मेटाबोलिजम बढाउँछ ।

काजुमा भिटामिन ई र एन्टी-अक्सिडेन्ट गुण पाइन्छ, जसले तपाईंको छाला र कपाललाई स्वस्थ राख्छ । दैनिक काजु खाँदा छालामा चाउरी पर्ने समस्या कम हुन्छ ।

तपाईंको प्रतिक्रिया