७६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो समय १ हजार १५१ जनाको परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १६ जना कोरोनामुक्त भएका छन् ।
यो समयमा मृत्यु हुनेकाे संख्या शून्य छ । हाल देशभर २ सय २७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।




तपाईंको प्रतिक्रिया