१२१ जना नयाँ संक्रमित थपिए

 चैत २९, २०७९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५८ र एन्टीजेन परिक्षण गर्दा ६३ गरी जम्मा १२१ जना नयाँ संक्रमित थपिएका हुन् ।

 

त्यस्तै, पछिल्लो २४ घण्टामा ८१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार २२ जनाको मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिक्रिया