७६ जना कोभिडका नयाँ संक्रमित थपिए

 बैशाख २३, २०८०

काठमाडौं । चैतको दोस्रो हप्तापछि बढ्दै गएको कोभिड १९ संक्रमण कम हुँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार संक्रमण कम भएसँगै देशभर सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर १३७ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै गत २४ घन्टामा ७६ जना कोभिडका नयाँ संक्रमित थपिएका छन् भने यही अवधिमा २६ जना संक्रमणमुक्त भएका छन्।

तपाईंको प्रतिक्रिया