दादुरा रुबेला खाेप लगाउन उरहरी स्वास्थ्य चाैकिकाे यस्तो छ तयारी
तुलसीपुर । तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चाैकिमा दादुरा रुबेला खाेप अभियान सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय खाेप समन्वय समिति र सराेकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको हाे । कार्यक्रममा स्वास्थ्य चाैकिका प्रमुख चित्रबहादुर वलीले वडामा याे अभियान जेठ ३१ गतेबाट सुरु भई जेठ ६ सम्म सञ्चालन हुने जानकारी गराएका थिए ।
उनले वडामा २ हजार ४ सय ६१ जनालाई खाेप लगाउने लक्ष्य रहेको बताएका थिए । याे सामुदायिक तथा संस्थागत विद्यालय र समुदाय स्तरबाट ६ महिना देखि १५ बर्ष उमेर समुहकाे प्राप्त तथ्यांक हाे ।
खाेप अभियान अन्तर्गत जेठ ३१ गते न्यु शान्ति बाेर्डिङ्ग कटाहा, ३२ गते अमर मावि उरहरीमा,असार १ गते मावि नवलपुर र चन्द्राेदय,३ गते चन्द्राेदय,४ गते दङ्गिशरण स्कुल,५ गते आवि कटाहा,प्रावि प्रिगाउ र सुकाैरामा हुनेछ । त्यसैगरी असार ६ गते अन्तिम दिन छुटेको सबैलाई स्वास्थ्य चाैकिमा खाेप लगाउने गरि तयारी थालिएको छ । साथै खाेप अभियान सफल पार्नका लागि सबैले सहयाेग गर्नुपर्नेमा स्वास्थ्य चाैकिका प्रमुख वलीले जाेड दिएका थिए ।
यश अघि हिजाे जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापक लगायतका विचमा कार्यक्रम भएको थियोे । कार्यक्रमकाे सञ्चालन
सिनियर अहेब खड्ग बहादुर बस्नेतले गरेका थिए ।
ब




तपाईंको प्रतिक्रिया