तुलसीपुरका सबै वडामा नि:शुल्क स्वास्थ्य शिविर

 असार ०३, २०८०

कपिल लामिछाने, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्य महाशाखा समन्वयमा आजबाट तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडामा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । वडा नं १८ बाट सुरु भएको स्वास्थ्य शिविर १९ वटा वडामा सञ्चालन गरिने भएको छ । नाक,कान,घाँटी,आँखा लगाएत जेष्ठ नागरिकहरूका बिभिन्न रोगहरु, प्रजनन सम्बन्धी बिशेष चेकजाँच तथा परामर्श, महिला रोग सम्बन्धी बिशेष चेकजाँच लगाएतका सेवाहरु उक्त शिविरबाट पाईने छ ।

निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले जेष्ठ नागरिकहरुको सुबिधाका लागि यो कार्यक्रम लागु गरेको बताए । चुनाबमा घोषणा गरेको चुनावी नारा अनुसार प्रत्येक गाउँ गाउँमा बिरामी परेका वा बिभिन्न समस्याबाट ग्रसित नगरबासीहरुलाई यो अभियान सुरु गरिएको बताए । उक्त उद्घाटन कार्यक्रममा ३० जना जेष्ठ नागरिकहरुलाई साहाराका लागी मेयर खड्काले लठ्ठी उपहार समेत दिएका थिए ।

आज बिहान १२ बजेबाट सुरु भएको शिविरमा बिभिन्न रोगका १ सय ५० जनाले सेवा लिएका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य महाशाखाका प्रमुख ओमपि न्यौपानेले स्वागत र सहजिकरण स्वास्थ्य शाखाका बिष्णु गिरीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया