प्रतिनिधिसभा बैठकमा आज तीन मन्त्रालयको बजेटमाथि छलफल

 असार ०५, २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ ।आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथिको छलफल सकिएको थियो ।

तपाईंको प्रतिक्रिया