तुलसी ट्रेड टावरको लागि ११ करोड बजेट

 असार १४, २०८०

तुलसीपुर । निर्माणको चरणमा रहेको तुलसीपुर ट्रेड टावर भवन निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकाले ११ करोड बजेट विनियोजन गरेको छ । आगामि बर्षको लागि उक्त बजेट विनियोजन भएको हो । गएको १० गते सार्वजनिक बजेटमा ११ करोड बजेट विनियोजन भएको उल्लेख गरिएको छ ।

साढे १४ करोड लागतमा बहुउद्देश्य व्यापारिक भवन तथा तुलसी ट्रेड टावरको निर्माण कार्य जारी छ । साढे १४ करोडमा ठेक्का गएकोमा ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण सुरु भएको हो ।

तपाईंको प्रतिक्रिया