सुनको मूल्य पुनः उच्च रेकर्ड नजिक

 साउन ०३, २०८०

काठमाडौं । सुनको मूल्य पुनः उच्च रेकर्ड नजिक पुगेको छ । बुधबार तोलामा ६ सयले रुपैयाँ मूल्य बढेपछि सुनको मूल्य तोलाको एक लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ । सुनमा यसअघि हालसम्मकै उच्च मूल्य गत जेठ १९ मा एक लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

तपाईंको प्रतिक्रिया