चीनमा अत्याधिक गर्मी

 साउन ०४, २०८०

दक्षिण पश्चिम मनसुनका कारण लगातारको अविरल वर्षा र पहिरोले पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ । जम्मुमा भारी वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । हिमाली क्षेत्रमा वर्षाका कारण दिल्लीमा यमुनाले फेरि खतराको निशान पार गरेको छ । हिमाचल प्रदेशदेखि उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, महाराष्ट्र, कोंकण र गुजरातसम्म भारी र भीषण वर्षाले जनधनको क्षति गरेको छ । हिमाचल–उत्तराखण्डमा झन्डै एक हजार सडक बन्द छन् ।

जम्मुको कठुआ तहसीलमा पहिरोका कारण दुर्घटना भएको हो । मृत्यु हुने सातै जना एकै परिवारका रहेको बताइएको छ । यसैबीच हिरानगर क्षेत्रको दयालाचक र चडवलबीचको तरनाह नालाको पुलमा दरार परेपछि जम्बु–पठानकोट राजमार्ग अनिश्चित कालका लागि बन्द भएको छ ।

तपाईंको प्रतिक्रिया