थप डायलासिस मेसिन जडान सगैं मिर्गौला पीडितलाई सहज हुने अपेक्षा

 साउन ०४, २०८०

दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा थप ८ वटा डायलासिस मेसिन जडान भएको छ । यसअघि अस्पतालमा चार वटा मात्रै डायलासिस मेसिनबाट उपचार हुँदै आएको थियो । अहिले ८ वटा नयाँ मेसिन जडान भएसँगै अस्पतालमा १२ वटा मेसिनबाट सेवा दिन शुरु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया