आँखा पाक्ने रोग बढ्दै

 साउन १८, २०८०

काठमाडौँ । भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग काठमाडौं उपत्यकामा समेत देखिन थालेको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ । बिरामीको परेला सुन्निने, आखाँमा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिन सक्छ ।

तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ प्रा.डा. रोहित सैंजूले केही समययता दैनिक ६० देखि ७५ जना आँखा पाक्ने रोगका बिरामी आउने गरेको बताए । उनका अनुसार अत्यन्त संक्रामक रहेको यो रोग अन्य बिरामीलाई नसरोस् भनेर छुट्टै ‘रेड आई क्लिनिक’ सञ्चालन गरिएको छ । कान्तीपुरबाट साभार

तपाईंको प्रतिक्रिया