आँखा पाक्ने रोगबाट विद्यार्थी प्रभावित

 साउन १९, २०८०

तुलसीपुर । बाँकेका नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । करिब दुई हप्तादेखि फैलिएको आँखा पाक्ने रोगबाट यहाँका विद्यार्थी तथा बालबालिका बढी प्रभावित भएका हुन् ।

अन्य व्यक्तिभन्दा बालबालिकाहरूको विद्यालयमा बढी भीडभाड हुने र उनीहरू सँगै हुने भएकाले बढी प्रभावित भएका कोहलपुर नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेमप्रसाद पाण्डेले बताए ।

तपाईंको प्रतिक्रिया