बिजाैरीमा रेडक्रसद्वारा डेङ्गु नियन्त्रण बारे अन्तरक्रिया

 साउन २७, २०८०

कपिल लामिछाने, विजाैरी । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखा दाङको आयोजनामा  डेङ्गु रोकथाम तथा नियन्त्रण बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तुलसीपुर जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक तुलसीपुर उपमहागरपालिकाका फोकल पर्सन था नेपाल रेडक्रस सोसाईटीका जिल्ला शाखा दाङका उपमहामन्त्री बिमल केसीले कार्यक्रममा डेङ्गु रोग यसका रोकथामका उपाय र यस रोग बारेमा भिडियो मार्फत उपस्थित सबैलाई जानकारी दिनुभएको थियो । केसीले डेङ्गु रोगको उत्पत्ति देखि अहिले सम्म भएका डेङ्गु संक्रमितहरुको डाटा लगाएत सुधारका पक्ष,डेङ्गु रोग नियन्त्रणका लागी टोल,समुदायहरुमा अपनाउनुपर्ने सजकता लगाएत डेङ्गु रोग लाग्न नदिनका लागी के कस्ता उपाय अपनाउने हो भन्ने बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा रेडक्रस सोसाइटी उपशाखा बिजौरीका सल्लाहकार श्याम कुमा रेग्मी, बिनय कुमार पोख्रेल र मस्त बहादुर थापाले रेडक्रस उपशाखा बिजौरीले अझै यस्तै खालका रचनात्मक,सन्देशमूलक र जनचेतनामूलक कार्यक्रम ल्याउने कुरामा बिस्वस्त रहन अनुरोध गर्दै डेङ्गु रोगबाट बच्न सबै समुदायमा सरसफाइ गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य निरिक्षक डिल्ली केसी, तुलसीपुर १९ का वडा अध्यक्ष प्रेमनाथ योगी, जनता मा.बि का शिक्षक शंकर शर्मा आशिष, लगाएतले आफ्नो टोल टोलमा डेङ्गु रोग सम्बन्धी जानकारी गराई यस रोगबाट बच्न सजकता अपनाउनुपर्ने कुरा ब्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि हरिहर पौडेलले रेडक्रस उपशाखा बिजौरीलाई मन बचन र कर्मले काम गर्न र जस्तोसुकै आपतबिपत,महामारी प्राकृतिक प्रकोपहरुको समस्याहरुमा खट्नका लागी र सेवा गर्नका लागी निर्देशन समेत दिनुभयो । साथै उहाँले हरेक आपत्तिमा रेडक्रस जिल्ला शाखा सबैका लागी सधै तम्तयार भएर बसेकाले समस्या परे खबर गर्न अनुरोध समेत गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मीको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका उपसभापति हरिहर पौडेलको प्रमुख आथित्यता एवम् तुलसीपुर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको बिशिष्ठ आथित्यतामा भएको कार्यक्रम संस्थाकी उपसभापति ज्वाला पौडेलको स्वागत मन्तब्य तथा साहित्यकार कपिल लामिछानेको डेङ्गु रोग सम्बन्धी गजलबाट सुरु भएको थियो भने  सहजिकरण संस्थाका सचिव मुकेश वलीले गर्नुभएको थियो ।

साथै कार्यक्रम सकिए पछि कार्यक्रममा सहभागि जनस्वास्थ्य निरिक्षक प्रमुख अतिथि बिशिष्ठ अतिथिहरुको टिमले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको अनुगमन समेत गरेको छ । उक्त अनुगमनमा अस्पतालको हाताभित्र रहेका बिभिन्न ठाउँहरुमा पानी जमेको र त्यहाँ लामखुट्टेले फुल पारेको भेटिएकोले ति लार्भाहरु नष्ट गरिएको थियो । साथै बाल्टिन,ड्रमहरु लगाएतका सामानहरुमा लामो समय सम्म पानी नराख्न सुझाब समेत दिईएको थियो ।

तपाईंको प्रतिक्रिया