१०० किलो भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम मात्रै

 साउन २९, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद १०० किलो भनिएको सुन ‘ब्रेक शु’बाट निकालिएको छ। आज सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

उनका अनुसार केही कालो वस्तु मिसिएकाले त्यो पनि छुट्याउन बाँकी रहेको छ । भोलि १०ः३० बजेबाट भने सुन गाल्ने काम शुरु हुने जनाइएको छ ।

गत साउन ३ गते उक्त सुन काठमाडौँको सिनमंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । यसअघि करिब १०० किलो सुन भनिएको थियो । पहिले ब्रेक शुसहित जोख्दा १५५ किलो भएको थियो ।

तपाईंको प्रतिक्रिया