सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० घाइते
चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ११:४० बजेको समयमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित हुँदा थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएका थिए ।
प्रहरी चौकी गोन्द्राङबाट करिब ५०० मिटर दुरीमा भएको यो दुर्घटनामा १८ जना घाइते भएका र उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया