सशस्त्र प्रहरीका एसपी थपलियाको निधन

 भदौ ०२, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ । १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्‍याएको थियो। दिउँसो १ बजे उनलाई मृत घोषणा गरिएको एपीएफ मुख्यालयले जनाएको छ ।

उनले २०६० सालमा इन्सपेक्टरबाट सरकारी सेवा सुरु गरेका थिए। हृदयघातको कारण निधन भएको हुन सक्ने मुख्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया