शिक्षक छनोट प्रक्रियामा १६ हजार रुपैयाँ घुस

 भदौ ०५, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धितालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​ शिक्षक छनोट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि मंगलवार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जनाएका छन् ।

थापा र धिताललाई अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । घुसबापत लिएको रकमलाई बिगो कायम गरी बिगो असुलउपर तथा सोही बराबर जरिवानाको मागदाबी गरी मुद्दा दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया