एमालेकाे लुम्बिनी प्रदेश अधिबेशन: तुलसीपुरले प्रतिनिधि छान्दै
सम्झना नेपाली , तुलसीपुर । यहि भदौ १६ र १७ गते बुटवलमा सम्पन्न हुन लागेको नेकपा एमालेकाे प्रथम लुम्बिनी प्रदेश अधिबेशनको तयारी थालिएको छ । प्रत्येक पालिकामा प्रतिनिधि व्यवस्थापनको काम भैरहेको छ । यसैक्रममा एमालेले शुक्रबार तुलसीपुरमा पनि वडा भेला सम्पन्न गरेको छ भने भाेलि ९ गतेका दिन तुलसीपुरमा भब्य भेला गर्दैछ ।
यसकाे तयारी बैठक समेत बसेकाे छ । पार्टी कार्यालयमा भएको बैठकमा एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेले प्रथम प्रदेश अधिबेशनलाई सफल पार्नका लागि लाग्न नेता कार्यकर्ता निर्देशन दिएका छन । भेला र प्रतिनिधि चयनकाे लागि गठित समितिले गरेकाे गृहकार्य बारे छलफल भएको थियोे । बैठकमा केन्द्रीय सदस्य काेमल वली, नेताहरु शाेभाराम बस्नेत, हिराचन्द्र केसी लगायतको उपस्थिति थियोे ।
यसैबीच बिहान ११ बजे पार्टी कार्यालय तुलसीपुरमा हुने भेलामा उपस्थितिकाे निमन्त्रणा गरिएको नगर कमिटीका सचिव रुप बहादुर खत्रीले जानकारी दिएका छन । नगरमा हाल नविकरण गरेका ३ हजार ९ सय ९४ जनाबाट प्रतिनिधि चयन गर्नका लागि भेलाकाे आयाेजना गरिएको सचिव खत्रीले बताए ।
प्रदेश कमिटि अधिवेशन प्रतिनिधि छनौटका लागि श्याम डाँगीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जस्काे सदस्यहरुमा मान बहादुर रावत, मेघराज भुसाल,वीरबहादुर विक र शुसीला न्यौपाने रहनुभएको छ ।
उक्त समितिले १ सय बराबर १ जना र दलितकाे हकमा ७५ बराबर १ जना प्रतिनिधि छान्ने छ । भेलाबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिने जिल्ला सचिवालय सदस्य समेत रहेका समितिका सदस्य रावतले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया