तुलसीपुरमा एमालेकाे प्रतिनिधि छनोट कार्यक्रम सुरु

तुलसीपुर । यहि भदौ १६ र १७ गते हुने नेकपा एमाले लुम्विनि प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट कार्यक्रम सुरु भएको छ । तुलसीपुरमा नगर अध्यक्ष माधव वलीकाे अध्यक्षता तथा केन्द्रीय सदस्य घनश्याम पाण्डेकाे प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको हाे ।
पार्टी कार्यालय तुलसीपुरमा भएको कार्यक्रममा केन्द्रिय निर्वाचन समिति सदस्य हिराचन्द्र केसी , नेताहरु सोभाराम वस्नेत , जिल्ला अध्यक्ष हुकुम बस्नेत , तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खडका , जिल्ला उपसचिव कृष्ण भुसाल , लगायतको सहभागिता रहेकाे जिल्ला सचिवालय सदस्य संगीत बस्यालले जानकारी दिएका छन ।
कार्यक्रमकाे सहजिकरण नगर सचिव रुप बहादुर खत्रीले गरिरहेका छन ।
तपाईंको प्रतिक्रिया