राप्ती प्रादेशिक अस्पतालकाे प्रमुख बने डाक्टर अधिकारी

 भदौ १०, २०८०

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रमुखमा डा. पदमराज अधिकारी नियुक्त भएका छन । निमित्त मेसु डा. ओम प्रसाद अर्यालकाे ठाउँमा डा.अधिकारीलाई नियुक्त गरेको हाे । लुम्बिनी प्रदेश सरकार मन्त्री स्तरीय निर्णय अनुसार अधिकारीलाई मेसुकाे जिम्मेवारी दिएकाे हाे । डाक्टर अर्यालकाे कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रमुखको जिम्मेवारीबाट हटाइएको बताईएकाे छ ।

साथै प्रादेशिक अस्पताल तुलसीपुर प्रमुख(मे.सु.) पदको नियुक्ति प्राप्त डाक्टर अधिकारीले आजदेेखि पदभार ग्रहण गरेका छन । साे अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्याैपानेले सफलताको शुभकामना ब्यक्त गर्दै प्रदेशबाट बाट प्राप्त नियुक्ति प्रदान गरेका थिए ।

साथै करिब १ वर्षको मे.सु. पदमा रही काम गरेकोमा डा.ओमप्रसाद अर्याललाई धन्यवाद ब्यक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया