दाङ प्रहरी प्रमुख र दुई डिएसपीकाे एकैपटक सरुवा
तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि र दुई डिएसपिको एकैचोटि सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले निकालेको सुचना अनुसार दाङका एसपि बिरबहादुर वलिको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको मानब स्रोत बिभागमा सरुवा भएको छ भने डिएसपि राजन कुमार गौतमको कर्णालि प्रदेश प्रहरी कार्यालयको बजेट शाखामा सरुवा भएको हो ।
अब जिल्ला प्रहरी प्रमुखको रुपमा गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत रामबहादुर केसि सरुवा भइ आउने भएका छन । त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय बजेट शाखामा कार्यरत जनकबहादुर मल्ल नयाँ जिल्लामा डिएसपिका रुपमा आउने भएका छन ।
यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लकाे लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल सरुवा भएको छ । अब यहाँ सम्पति सुद्विकरण अनुसन्धान विभाग प्रहरी शाखामा कार्यरत ठाकुर प्रसाद पाेखरेल नयाँ डिएसपीका रुपमा आउने छन् ।



तपाईंको प्रतिक्रिया